भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला
फागुन ५, २०८१ सोमबार
सुडानमा लडाइँ गरिरहेको सेनाकाे एउटा पक्षले केन्द्रीय प्रयोगशाला कब्जा गरेको कारण जैविक खतरा बढेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।
डब्ल्यूएचओका सुडान प्रतिनिधि निमा सइद अबिदले भिडियो लिङ्कमार्फत कुराकानी गर्दै पोलियो र दादुरालगायतका रोगहरूको नमुना राख्ने केन्द्रीय प्रयोगशाला लडाइँ गरिरहेको एउटा पक्षले कब्जामा लिएको भन्दै यसले जैविक खतरा बढेको बताउनुभएभएको भारतीय सञ्चारमाध्ययम एनडीटिभीले जनाएको छ । लडाइँ गरिरहेको पक्षको कब्जामा यस्तो प्रयोगशाला पुग्नु अत्यन्तै खतरनाक हुने उहाँले बताउनुभएको छ ।
प्रयोगशाला कुन पक्षले कब्जा गरेको भन्ने नखुलाई अबिदले सशस्त्र समूहकाे एउटा पक्षले सबै कर्मचारीलाई बाहिर निकालेर प्रयोगशाला नियन्त्रणमा लिएको र यसबाट ठूलो दुर्घटनाको जोखिम रहने बताउनुभएको छ ।
सुडानमा सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच लडाइँ चलिरहेको छ । आरएसएफको नेतृत्व पनि सेनाकै एक जनरेलले गर्दै आएका छन् । लडाइँमा चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । पश्चिमालगायतका कंयौँ देशले सुडानबाट आफ्ना नागरिकको उद्धार गरेका छन् । लडाइँ गरिरहेका दुई पक्षबीच आज बिहानदेखि ७२ घण्टे युद्धविराम लागू भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।