बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै - भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो ।
गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट हिजो डिस्चार्जपछि स्वदेश फर्किनुभयो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकालेको विज्ञप्ति अनुसार उहाँ नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको छ ।
राष्ट्रपति पौडेललाई डाक्टरले केही हप्ता आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।