काभ्रेको महाभारत जङ्गलमा आगलागी : हेलिकोप्टरको प्रयोग गरे पनि...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डाैको मातातीर्थमा चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा हिजाे चट्याङ लागेर मकवानपुर भीमफेदी घर भइ काठमाण्डाै बस्दै आएका ३५ वर्षीय राजु तामाङको ज्यान गएकाे हो ।
मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेला कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
मृतक तामाङ लामो समयदेखि मिस्त्री काम गर्दै आउनु भएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।