निजामती कर्मचारीद्वारा सिंहदरबारमा साङ्केतिक धर्ना

 वैशाख २१, २०८० बिहीबार ११:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - निजामती कर्मचारीहरुले सिंहदरबारमा साङ्केतिक धर्ना दिएका छन् । बिहीवार आज सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा साङ्केतिक धर्ना दिएका हुन् । 

उनीहरुले सङ्घीय निजामती ऐन जारी नगरे वैशाख २४ गतेदेखि आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले यही २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभात साहले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताउनु भयो ।
उहाँले सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय निजामती सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेका हौँ । हामीहरुले कार्यालय प्रवेश नगरि साङ्केतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्नेछौँ ।’

यसअघि पनि निजामती कर्मचारीहरुले सङ्घीय निजामती ऐन जारी गर्न माग गर्दै विभिन्न चरणमा साङ्केतिक विरोध जनाउँदै आएका थिए। 

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया