अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित केही पहाडी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका धेरै ठाउँमा दिनभरी नै झरी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
बेलुकीपछि भने झरी रोकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायु र स्थानीय वायु सक्रिय बन्दा बिहानैदेखि पानी परेको हो । बिहान मौसममा केही सुधार हुने सङ्केत देखिए पनि फेरि पश्चिमी वायुको अर्काे प्रणाली भित्रिने अवस्थामा रहेकाले मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको उहाँले बताउनुभयो । अहिले बाग्मती प्रदेशको काठमाण्डौसहित कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि पानी पर्ने सम्भावना छ । मौसमविद् झाका अनुसार तराईका धेरैजसो जिल्लामा भने पानी परेको छैन । मौसम बदली भने भइरहेको छ । पहाडी भेगमा पर्सिसम्म नै मौसम बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले तीन/तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।