काभ्रेको महाभारत जङ्गलमा आगलागी : हेलिकोप्टरको प्रयोग गरे पनि...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - मन्त्री हेडक्वाटर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ साल वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शम्शेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ्कर शम्शेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ ।
शङ्कर शम्शेर हरिहर भवनमा २००६ सालसम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रीयकरण गरेको थियो ।
विसं २०२३ सालमा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए ।
भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवन अहिले बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज अहिले हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्नुहुन्छ, '२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौँ । त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक–पटक पत्राचार गर्यो । तर भवन निर्माणका लागि अहिलेसम्म पहल भएको छैन ।'
अहिले राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक एक करोड ९३ लाख ५५ हजार सात सय ६० रुपैयाँ भाडा तिरेर बसेको छ । अयोगका प्रवक्ता पोखरेलले थप्नुहुन्छ, 'हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौँ । भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो । हामीले भवन निर्माणका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौँ तर आश्वासनमा मात्र समय बित्यो ।'
राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निर्माणकाे प्रतीक्षामा छ । राष्ट्रिय पुस्तकालय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ । किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग कार्की भन्नुहुन्छ, 'राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र छ । एकवर्ष अगाडिसम्म हामी सामान निकाल्न गएका थियौँ । तर अहिले त भवन निकै जीर्ण अवस्थामा छ, जान सकिँदैन ।'
भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निर्माणको प्रतीक्षामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।