काठमाण्डौलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी

 वैशाख २३, २०८० शनिबार ९:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी तीव्र पारिएको छ । तयारी अनुसार काठमाण्डौ महानगरका विभिन्न ठाउँमा सिसिटिभी जडान गर्न थालिएको छ ।

काठमाण्डौलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । महानगरले दिने बजेटबाट काठमाण्डौका विभिन्न ठाउँमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको छ ।

काठमाण्डौमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले बताउनुभएको छ । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षाका लागि झण्डै दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रारम्भिक अनुमान छ । अहिले काठमाण्डौ महानगरसहित बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sujan bhattarai

    May 7, 2023, 3:15 p.m.

    kirtipur ma kaile ho ta

  •  0 Reply

तपाईको प्रतिक्रिया