नार्कको ३२औँ वार्षिकोत्सव : बालीनालीका ७ सयभन्दा धेरै जातहरुको विकास

 वैशाख २५, २०८० सोमबार ९:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कृषि अनुसन्धान परिषद् नार्कले आज ३२औँ वार्षिकोत्सव मनाउँदैछ ।

किसानले भोग्दै आएको समस्या समाधान, नयाँ प्रविधिको विकासकासाथै रोगव्याधी लगायत विषयमा नार्कले अनुसन्धान गर्दै आएको छ । नार्कले खाद्यान्न, तरकारी, फलफूल, नगदे बालीहरू तथा पशुपक्षीको क्षेत्रमा अनुसन्धान गर्ने गर्छ ।

नार्कले अहिलेसम्म विभिन्न बालीनालीका ७ सयभन्दा धेरै जातहरु विकास गरेको छ । यस्तै, विभिन्न बालीवस्तुका उत्पादन तथा व्यवस्थापन प्रविधिहरु, भौगोलिक अवस्था सुहाउँदो साना कृषि औजारहरु, जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने प्रविधिहरु, जैविक विविधता संरक्षण तथा पोषण सुरक्षामा टेवा दिने प्रविधिको पनि विकास भएको नार्कले जनाएको छ।

नार्कले बढ्दो खाद्यान्नको माग तथा आकासिँदो आयातलाई न्यूनीकरण एवं प्रतिस्थापन गर्न कृषि उत्पादन बढाउनुपर्ने र यसको लागि अनुसन्धानलाई सवल, आधुनिक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया