जन्मदिन मनाउने नयाँ शैली : विद्यालयलाई किताब उपहार

 वैशाख २५, २०८० सोमबार १७:३४:५० | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका–११ मा रहेकाे सामुदायिक विद्यालय विष्णुदेवी शिक्षा सदनले विद्यार्थीको जन्मदिन मनाउने नयाँ शैली अपनाएको छ । आफ्नो जन्मदिनका अवसरमा हरेक शिक्षक तथा विद्यार्थीले कम्तीमा एउटा किताब विद्यालयको पुस्तकालयमा उपलब्ध गराउनुपर्ने भएको छ । आइतवार सम्पन्न विद्यालयको ६८ औँ वार्षिकोत्सवका अवसरमा प्रारम्भ गरिएको किताब उपहारको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर महर्जनले गर्नुभएको थियो ।

त्यही विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका उहाँले तिथिअनुसार आइतवार आफ्नो जन्म दिवस परेको भन्दै स्थास्थ्यसम्बन्धी एक पुस्तक विद्यालयका प्रधानाध्यापक वसन्तराज खत्रीलाई हस्तान्तरण गर्नुभयो । प्रधानाध्यापक खत्रीले पठन संस्कृतिलाई बढवा दिन र जन्मोत्सवलाई कुनै एक राम्रो कामका रूपमा लिने बानी विद्यार्थीमा बस्दै जाओस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । 

याे विद्यालयले झन्डै पाँच वर्षअघि तीन लाख रुपैयाँकाे सरकारी अनुदानको भरमा पुस्तकालय स्थापना गरेको थियो । पुस्तकालयमा विभिन्न विषयका सात हजारभन्दा बढी पुस्तक छन्  ।

विद्यालयले विद्यार्थीलाई पुस्तकालयको उपयोग गर्ने बानी लगाउन केही वर्ष अघिदेखि विभिन्न प्रयास गर्दे आएको छ । यसैक्रममा केही वर्षअघि कक्षगत तालिकामै पुस्तकालय भ्रमण राखिएकाेमा त्यसले नियमित अध्ययनमा अवरोध आएकाले अहिले कुनै पनि कक्षा खाली हुनासाथ पुस्तकालयमा जाने चलन चलाइएको पनि उहाँले बताउनभयो । 

जन्म दिवसका अवसरमा विद्यालय पुग्नुभएका काठमाण्डाै क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्दकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र प्रदेश सभा सदस्य रमा आलेमगरले पुस्तक दिने प्रचलन अत्यन्त सिर्जनात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो । सतुङ्गलवासीको पहलमा स्थापित याे विद्यालयमा अहिले झन्डै नौ सय विद्यार्थी छन् तर नगन्य सङ्ख्याका स्थानीयवासीले मात्र आफ्ना सन्तानलाई त्यहाँ पढाउने गरेका छन् ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया