भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका सङ्घीय निजामती कर्मचारीहरूलाई सात दिनभित्र रमाना लिन चेतावनी दिएको छ ।
पालिकाहरूमा सरुवा, पदस्थापन, कामकाजमा खटाइएका र काज फिर्ता गरिएका निकाय वा कार्यालयमा रमाना भई जानुपर्नेमा रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले परिपत्र गरी चेतावनी दिएको हो ।
मन्त्रालयले सम्बन्धित कार्यालयमा यस्ता कर्मचारीहरूलाई रमाना दिई सात दिनभित्र मन्त्रालयलाई गराउन, सरावा वा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना लिने अवधि सकिएमा साविकका निकाय वा कार्यालयबाट उनीहरूको बिदा स्वीकृत नगर्न/नगराउन, रमाना नलिने कर्मचारीलाई नियमअनुसार कारबाही गर्न लगायतका विषयमा परिपत्रमार्फत निर्देशन दिएको छ ।
विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावमा काम रोकिएको गुनासो बढेपछि मन्त्रालयले खटाइएका कर्मचारीहरूलाई निर्देशन दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।