याे वर्ष मल अभाव हुँदैन : कृषि सचिव शर्मा

 वैशाख २८, २०८० बिहीबार १७:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सचिव शर्माले यस्तो बताउनुभएको हो । उहाँले किसानका लागि आवश्यक मल किन्न मन्त्रालयले खरिद सम्झौता गरिसकेको बताउनुभयो । उहाँले रासायनिक मल किन्नका लागि अर्को वर्षमा दायित्व सिर्जना हुने गरी मन्त्रालयको दुई अर्ब ४० करोड र अर्थ मन्त्रालयको दुई अर्ब ६० करोड गरी पाँच अर्ब ७० करोड रुपैयाँ बराबरको मल किन्न लागेकाे बताउनुभयाे ।

सचिव शर्माले यो वर्ष अहिलेसम्मकै धेरै चार लाख ७२ हजार मेट्रिक टन रासायनिक मल किन्न टेन्डर निकालेकाे बताउनुभयो । उहाँले अब ५५ हजार मेट्रिक टनकाे खरिद सम्झौता हुन रहेको बताउनुभयो । सरकारसँग अहिले रासायनिक मलको मौज्दात कृषि सामग्री कम्पनीसँग ४३ हजार छ सय ७७ र साल्ट ट्रेडिङमा १६ हजार पाँच सय ८२ मेट्रिक टन रहेको उहाँकाे भनाइ छ । विगतका वर्षहरूमा भन्दा यो वर्ष रासायनिक मलमा सहज अवस्थामा रहेको उहाँले दाबी गर्नुभयाे । 

सचिव शर्माले आफूहरूले अर्थ मन्त्रालयले पाँच प्रतिशत बजेट कृषि मन्त्रालयलाई छुट्याउनुपर्ने माग गरेको पनि उल्लेख गर्नुभयाे । उहाँले सरकारले कृषि मन्त्रालयका लागि बजेट र प्राविधिक कर्मचारी बढाउनुपर्ने बताउनुभयो । मन्त्रालयअन्तर्गतका धेरै जनशक्ति घटेको भन्दै सरकारले जनशक्ति समयमा नै पदपूर्ति नगर्ने हो भने ठूलो खाडल देखिने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया