मुगु हिमपहिरो : उद्धारमा ढिलाइ भएकाे भन्दै गृहमन्त्रीलाई सांसदकाे ध्यानाकर्षण पत्र

 वैशाख २८, २०८० बिहीबार १७:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख – मुगु र हुम्लाको सिमानामा हिमपहिरोमा बेपत्ता व्यक्तिको खोजी कार्यलाई तीव्र वनाउन प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा तामाङले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएकाे छ ।

आज बिहीवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सांसद तामाङले हिमपहिरोमा बेपत्ता तीन जनाको खोजी कार्यमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण पत्र बुझाउनुभएकाे हाे । सांसदले बेपत्ता खाेजी गर्न र उनीहरूका परिवारलाई राहत दिन पनि माग गर्नुभएकाे छ । भेटमा गृहमन्त्री श्रेष्ठले कुनै कसर नराखी उद्धारकाे कामलाई तीव्रता दिने बताउनुभयाे । 

गएकाे वैशाख २२ गते यार्सागुम्बा टिप्न गएका पातारासी गाउँपालिका २ तल्फी गाउँका तीन जना हिमपहिराेमा परेका थिए । हिमपहिरोमा तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका छन् । अहिले नेपाल प्रहरी र सशस्त्रका ११ जना सुरक्षाकर्मीले हिमपहिराेमा पुरिएकाकाे खाेजी गरिरहेका छन् ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया