भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने बताएको छ ।
बिहीवार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले खाणबारे पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनुभयो ।
सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले हिजाे बुधवार पक्राउ गरेकाे थियाे । पक्राउ परेका खाणलाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । प्रहरीले उहाँका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेकाे थियाे ।
प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
यस प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ngemling
May 11, 2023, 9:58 p.m.गहुँत पानी छर्केर पार्टीमा सुद्धता आउँदैन । जनताको नजरमा छारा हाल्नलाई भएपनि कार्वाही गरेको जस्तो देखाउनु पर्ने हो । कांग्रेसले त्यति पनि जानेनन् । अब, नेपाली कांग्रेस निस्वार्थ, स्वाभिमानी कार्यकर्ता बिहीन बिग्रेको, सप्रेको, मनी र मसल भएका स्वघोषित ठूलाबडाहरुका मात्रै पार्टी बन्ने भए ।