माेरङकाे उद्योगमा लागेको आगो निभ्याे

 वैशाख २९, २०८० शुक्रबार १९:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

माेरङ – मोरङको बूढीगङ्गा गाउँपालिका–५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति २ बजेदेखि लागेको आगो अहिले निभेकाे छ ।

विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगमा विद्युत् शर्ट भएर आगलागी भएको हुन सक्ने प्राविधिकले अनुमान गरेका छन् । मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवम् उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया