आईपीएल क्रिकेटमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई २७ रनले हरायो

 वैशाख ३०, २०८० शनिबार ६:२२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ ।

गएराति वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । उसका राशिद खानले अविजित ७९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । डेभिड मिलर ४१ रनमा आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका सूर्य कुमार यादवले शतकीय पारी खेले । उनले ४९ बलमा १ सय ३ रन बनाए । यादवको आईपीएल क्रिकेटमा पहिलो शतक पनि हो । इशान किसन ३१, विष्णु विनोद ३० र कप्तान रोहित शर्मा २९ रन बनाएर आउट भए ।

गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए । जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२ खेलमा १६ अंक छ ।
 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया