भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई राजनीतिक संरक्षण हुन नदिन र दोषीलाई कारबाही गर्न नागरिकस्तरबाट दबाब र खबरदारी बढ्दै गएको छ । काठमाण्डौसहितका बिभिन्न ठाउँमा दिनहुँजसो दबाबमुलक कार्यक्रम भैरहेका छन् । यो कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकसँगै राजनीतिक दलका नेता कार्यकर्ताको पनि स्वस्फुर्त रुपमा उपस्थिति हुने गरेको छ ।
प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिनको लागि आज पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा खबरदारी कार्यक्रम हुँदैछन् । अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौं रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिकको तर्फबाट खबरदारी बढेको हो ।
नक्कली शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन् । गएको बुधबार पक्राउ परेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता खाणले बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको प्रमाण प्रहरीले फेला पारेको छ । ठगीमा सघाएबापत खाणले बिचौलियाबाट एक करोड २४ लाख रुपैयाँ लिएको यसअघि पक्राउ परेका अभियुक्तहरुले बयान दिएका छन् ।
यही प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पनि प्रहरीलाई दिएको बयानमा खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको उल्लेख गरेका छन् । खाणसँगै पक्राउ परेका उनका स्वकीय सचिव नरेन्द्र केसीले ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको अभियुक्तहरुको बयान छ ।
यही प्रकरणमा मंगलबार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ । सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।
पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार छन् । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Digchaling
May 13, 2023, 7:46 p.m.१ नम्बर प्रदेश किरात प्रदेश नै राख्नु उचित देखिन्छ किन की प्राचीन कालखण्ड देखि नै किरात सभ्यता र मान्यतालाई ईतिहास ले पनि देख्नु जरुरी छ यसरी गर्दा कसैको मौलिक हक र पहिचान मा बाधाहरू आउने देखि दैन महोदय