धवलागिरि हिमालमा बेपत्ता भएका पुरुषकाे शव सात महिनापछि भेटियो

 वैशाख ३०, २०८० शनिबार १३:४४:५४ | रासस
unn.prixa.net

म्याग्दी - धवलागिरि हिमालमा बेपत्ता भएका एक पुरुषकाे शव सात महिनापछि भेटिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिनु भएकाे हाे ।

पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आजै घटनास्थलबाट पोखरा हुँदै काठमाण्डौ लगिएको छ ।

'गएकाे असोज २० गतेदेखि बेपत्ता भएका लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको हाे' उहाँले भन्नुभयो, 'नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाण्डौ लगेको छ।'

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली  फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाण्डौको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता हुनुभएको थियो। 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया