भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले हराएको छ । जितसँगै तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले प्लेअफकाे सम्भावना कायमै राखेको छ ।
पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले ५४ रन बनाए । फिलिप साल्टले २१ रन जोडे । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।
राहुल चाहर र नाथन एलिसले समान २/२ विकेट लिए । त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।
आईपीएल क्रिकेटमा सिंहको यो पहिलो शतक पनि हो । साम करनले २० रन जोडे । दिल्लीका इशान्त शर्माले २ तथा प्रविन दुवे, अक्षर पटेल, कुलदीप यादव र मुकेश कुमारले समान १/१ विकेट लिए ।
जितसँगै बाह्र खेलमा १२ अंकका साथ पञ्जाब लिगको छैटौँ स्थानमा उक्लिएको छ । समान १२ खेलमा ८ अङ्क रहेको दिल्ली पुछारमा कायमै छ ।
हिजो भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।