भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डौसहित पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बङ्गालको खाडीमा विकसित भएको मोखा नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार यी प्रणालीको प्रभाव आज भन्दा भोलि र पर्सि धेरै पर्ने देखिएको छ ।
मोखा चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि आज रातिदेखि भने पर्न सक्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उहाँले बताउनुभयो ।
पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । पहाडी जिल्लामा बादल लाग्न थालेकाले आज हिजो अस्तिको जस्तो चर्को घाम लाग्ने सम्भावना छैन ।
आज दिउँसो पछि काठमाण्डौसहित केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । तर, पहाडी जिल्लामा केही शीतल भए पनि तराईका जिल्लामा भने घाम चर्किने अनुमान छ। चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।