भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुल्यो
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - गएको १२ घण्टामा धेरै ठाउँमा वर्षासँगै हावाहुरी चलेको छ । हुरीले पुर्याएको क्षतिको विवरण आएको छैन । तर, कतिपय ठाउँमा जस्ताका टहरा भत्किएका छन् । मौसमविद् रोजर लामिछानेकाअनुसार गएको १२ घण्टामा पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा वर्षा भएको छ ।
यस्तै, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि हावाहुरीसहित वर्षा भएको छ । कर्णालीका एक/दुई ठाउँमा पनि पानी परेको छ । मौसमविद् लामिछानेका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो ।
नेपालमा मोखा नामक चक्रवातको असर नपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मोखाको असर नेपालमा पर्ने सम्भावना छैन । तर, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।