काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डाै - बाढीले अवरुद्ध भएको वीपी राजमार्ग खुलेको छ । हिजो बेलुका ८ बजेपछि काभ्रेको रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।
लेदोलाई हटाएर रातिदेखि नै गाडीको आवतजावत खुलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कालढुङ्गामा लेदो माटोले दुई वटा माइक्रो बस र दुई वटा पिकअप भ्यान गरी चारवटा गाडी पुरेको थियो ।
लेदोसँगै बाढी आएपछि यात्रु र चालक गाडीबाट ओर्लिएर सुरक्षित ठाउँमा गएका थिए । लेदोमा फसेका गाडीलाई डोजरको सहयोगमा निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, लेदोसहितको बाढीले चिउरीबासमा सडकसँगै रहेका क्षेत्रबहादुर लामाको दुई वटा घरमा नोक्सानी पुर्याएकाे छ ।
तस्बिर : कपिल काेइराला
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।