एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै - साझा यातायातले आजदेखि थप तीन वटा बिजुलीका बस सञ्चालन गर्ने भएको छ । दिउँसो साढे २ बजे ललितपुरको पाटनढोकाबाट रत्नपार्क जोरपाटीका लागि बस छुट्ने साझा यातायातले जनाएको छ ।
बसको शुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्दै हुनुहुन्छ । यसअघि गएको असारदेखि साझाले तीन वटा बिजुलीका बस सञ्चालन गरिरहेको छ । साझाले ल्याएको ४० वटा बसमध्ये अहिलेसम्म तीन वटा बस सञ्चालन भइसकेको छ भने तीन वटा आजदेखि चल्ने छन् ।
एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको साझाले जनाएको छ । बाँकी बसलाई पनि छिट्टै सञ्चालन गर्ने तयारी भएको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यी बसमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् ।
अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्याम्पसहितको सुविधा पनि छ । साझाले विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
krishn KUMAR SHRESTHA
May 16, 2023, 4:08 a.m.दहचाेक नागधुङगामा कहिले चडन पाउला सर के हामिले राहत पाइऐला याे रुडमा चेतना भया ?