सफा हिमाल अभियानमा खटिएकाे सेनाकाे टाेली सगरमाथाकाे शिखरमा पुग्याे

 जेठ १, २०८० सोमबार १३:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सफा हिमाल अभियानअन्तर्गत ल्होत्से र सगरमाथामा खटिएको नेपाली सेनाको टोली सगरमाथाको शिखर पुगेको छ ।

नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा सह–सेनानीहरू दिपेन्द्रसिंह खत्री, विष्णुबल राई र दुई जवानहरू किशोर जवेगु, शंकर कुँवर गरी पाँच जना र पाँच जना आरोहण सहयोगीले सगरमाथा आरोहण गरेका नेपाली सेनाले जनाएको छ । उनीहरूले बिहान १० बजेर ५ मिनेटमा शिखर आरोहण गरेका हुन् ।

सेनाको टोलीसँगै माउन्टेन गाइडका रूपमा भोजपुरका वोङछु शेर्पा र सङ्खुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पालेसमेत हिमाल आरोहण गरेका छन् । सेनाको टोली भोलि मङ्गलवार ल्होत्से आरोहणको तयारीमा छ ।

यसअघि वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरूले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

गएकाे चैत १४ गते जङ्गी अड्‍डामा आयोजित फ्ल्याग अफ सेरेमनीमा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सुरु भएको अभियानबाट झन्डै ३५ हजार किलो फोहोर सङ्कलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म ३२ हजार तीन सय ११ किलो फोहोर सङ्कलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवस (जुन ५) मा समापन हुनेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया