शेयर बजारको ओरालो यात्रा कायमै, १८ सय १८ विन्दुमा झर्‍याे

 जेठ १, २०८० सोमबार १५:५३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । पछिल्लो समय निरन्तर ओरालो लागेर आठ महिनायताकै तल्लो विन्दुमा परेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त र राप्ती हाइड्रो कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया