सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : स्वर्णिम वाग्ले

 जेठ २, २०८० मंगलबार १९:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।

मङ्गलवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा सांसद वाग्लेले सरकारले निजी क्षेत्रमैत्री नीति लिएमात्रै आर्थिक समृद्धि हुने बताउनुभएको हो । उहाँले निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा सरकारले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनुभयो । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकार निजी क्षेत्रमैत्री बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरूप के–के गर्नुपर्छ भन्नेबारे बहस गरौँ । निजी क्षेत्र संलग्न नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नका लागि कस्तो बाटोमा लाने हो, त्यसमा हामीले लिएर जान्छौँ ।’

सांसद वाग्लेले अब युवाहरूलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो । उहाँले 'डेमोग्राफिक प्रोजेक्शन' अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनुभयो । उहाँले अबको १५ वर्षको देशको अर्थतन्त्रको स्वरूप कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उल्लेख गर्नुभयाे ।

उहाँले छिमेकी देशहरूले आर्थिक रूपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरूको लगानी आफूतिर आकर्षण गर्न नसकेकाे उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया