डेढ महिनामा डिजेलको मूल्य लिटरमा २० रुपैयाँले घट्यो : सार्वजनिक गाडीको भाडा घटाउने तयारी

 जेठ ३, २०८० बुधबार ८:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल आयल निगमले डेढ महिनामा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ ।

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँले भाउ घटाएको छ ।

तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् छ । अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । 

यसअघि डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । 

चैत २० गते अघि डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो । त्यसबेला डिजेलको मूल्य घट्दा पनि सार्वजनिक यातायातको भाडा घटेको थिएन । 

यातायात व्यवस्था विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो ।

वैज्ञानिक प्रणालीअनुसार डिजेलमा ५ रुपैयाँ घट्दा सार्वजनिक यातायातको भाडा दर स्वतः कम हुनुपर्ने हो, तर भाडा नघट्दा यात्रु र उपभोक्ता मारमा पर्दै आएका छन् । 

डिजेलको मूल्य प्रत्यक्ष उपभोक्तासँग नै जोडिन्छ । मूल्य बढ्दा ढुवानी भाडा बढ्छ भने त्यसको प्रत्यक्ष प्रभाव सबै ढुवानी सेवादेखि खाद्य वस्तुसम्ममा पर्छ ।

डेढ महिनाको बीचमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेको अवस्थामा सार्वजनिक गाडीको भाडा पनि घटाउने गरी गृहकार्य भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उज्यालोलाई दिएको जानकारी अनुसार आज नै सार्वजनिक गाडीको भाडा समायोजन गर्ने तयारी छ ।

यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Buddhi bastola

    May 17, 2023, 11:12 a.m.

    म एउटा प्राईभेट फर्ममा काम गर्छु, मेरोे दैनि ५० कि.मि. ओहोर दोहोर गर्नु पर्छ, मेरो कार्यलय समय १०-०६ हो मलाई उल्लेखित टायम अनुसार सार्वजनिक गाडी उपलब्ध छैन, मलाई मोटरसाईकलमा हिड्नु सािवाय अर्को उपाय छैन, अव म जस्तो सामान्य गरी खाने मान्छेको हितलाई बुझेर पेट्रोलको भाउ पनि खटाई दिएको भए केही राहात मिल्थ्योकी .........................?

  •  0 Reply

तपाईको प्रतिक्रिया