शेयर बजार दोहोरो अङ्कले बढेर हरियाली, १ अर्ब ४७ करोड रुपैयाँको कारोबार

 जेठ ४, २०८० बिहीबार १५:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतका दरले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आज किसान लघुवित्त, सामुदायिक लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर झन्डै दुई प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया