भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुल्यो
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - विपद् जोखिम व्यवस्थापनमा तीन वटै तहका सरकार उदासिन देखिएका छन् । बाढी पहिरो, डुबान, भूकम्प जस्ता विपद्को उच्च जोखिममा रहेको भन्दै आवश्यक पूर्व तयारीमा ध्यान दिन सरोकारवालाहरुले सुझाव दिए पनि तीन वटै तहका सरकारले नजरअन्दाज गर्दै आएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले विपद् व्यवस्थापन कोषको पैसालाई रकमान्तर गरी अन्य शीर्षकमा खर्च गर्ने गरेका छन् । लामो समयदेखि सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा काम गर्दै आएका राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (निड्स नेपाल) का कार्यकारी निर्देशक भवराज रेग्मीले सरकारले विपद् जोखिम व्यवस्थापनलाई प्राथमिकतामा नै नराखेको गुनासो गर्नुभयो । उहाँले विपद् पूर्वतयारीमा सरकारको ध्यान नजाँदा बाढी र डुबानका कारण वर्षैपिच्छे विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो 'तीनै तहको सरकार अहिलेसम्म विपद् हुँदा उद्धार र राहत वितरण गर्नुपर्छ भन्नेतर्फ मात्रै लागेको छ । विपद्को पूर्वतयारी गर्नुपर्छ भन्ने विषयलाई महत्त्व दिइएको छैन । विपद् व्यवस्थापन कोष हुन्छ त्यो कोष अन्य क्षेत्रमा खर्च गरिन्छ । अन्तिममा कोषको रकम रकमान्तर गरिन्छ तर पूर्वतयारीमा खर्च गर्नुहुन्न । '
निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले भूकम्पविद्हरुले नेपालको पश्चिम क्षेत्रमा कुनै पनि समयमा ठूलो भूकम्प जानसक्ने भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउँदै आए पनि स्थानीय र प्रदेश सरकारले त्यससम्बन्धी आवश्यक तयारी गर्न नसकेको बताउनुभयो ।
निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले नदी जलाधार क्षेत्रको योजना बनाइ तराई र पहाडमा बायो इन्जिनियरिङमार्फत् नदी प्रणालीहरुबाट हुने क्षतिलाई रोक्नेतर्फ स्थानीय सरकारका योजनाहरु केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।