कुनै व्यक्ति वा व्यवसायी विशेषका लागि करकाे दर हेरफेर हुँदैन : अर्थमन्त्री महत

 जेठ ६, २०८० शनिबार १६:३९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने बताउनु भएकाे छ । शनिवार आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘कुनै पनि हालतमा नीतिगत भ्रष्टाचार, त्यसको फाइदा उठाउने काम मेरो हातबाट हुँदैन, समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ, एउटा व्यक्ति, एउटा व्यवसायीका लागि करका दरहरु हेरफेर हुँदैनन् ।’

साथै, उहाँले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले युवाहरुको ऊर्जा र क्षमतालाई देशभित्रै प्रयोग हुनेकुरा बजेटको प्राथमिकतामा पर्ने पनि बताउनु भयो ।

उहाँले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताउनु भयो । उहाँले अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै त्यसका लागि आफू इमानदार भएर काम गर्ने पनि बताउनु भयो ।

बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम हुने उहाँले बताउनु भयो । अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया