चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – बूढानीलकण्ठको कार दुर्घटना प्रकरण मुद्दामा चालक पृथ्वी मल्ललाई उच्च अदालत पाटनले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना गरेकाे छ । मल्लले लापर्बाही गरेर गाडी चलाउँदा पैदलयात्रीकाे ज्यान गएको भन्दै उच्च अदालत पाटनले मल्ललाई दोषी ठहर गर्दै सजाय गरेकाे हाे ।
उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै याे फैसला गरेको हो । यसअघि जिल्ला अदालत काठमाण्डाैले सामान्य दुर्घटना भन्दै मल्लविरुद्ध छ महिना कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला गरेकाे थियाे । जिल्लाकाे याे फैसलाविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन दिएको थियो ।
तीन वर्षअघि बूढानीलकण्ठमा मल्लले जाँड–रक्सी खाएर गाडी चलाइरहेको कारले ठक्कर दिँदा पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।