आउँदो बुधवार र बिहीवार देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना

 जेठ ८, २०८० सोमबार १८:३४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायु देशभरि नै फैलिएर दुई दिनसम्म प्रभाव पार्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो । भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ । राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो ।

हावाहुरीका कारण रुख लगायत अरु कमजोर संरचनाहरु ढल्न सक्ने भएकोले सावधानी अपनाउन जलवायु एवम् विपद् विज्ञ उप्रतीको सुझाव छ । चट्याङ समेत पर्ने भएकाले बिजुली चम्किँदा पोखरी, ताल वा बाथरुममा समेत नबस्न, घर बाहिर ननिस्कन र फलामजन्य वस्तु नछुन उहाँको सुझाव छ ।

मौसम पूर्वानुमान् महाशाखाले पनि जेठ १० गते देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गरेको छ ।   
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया