चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै - कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । उहाँले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाकाे सफल आराेहण गर्नु भएकाे सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उहाँले गएकाे बुधवार बिहान साढे ८ बजे सगरमाथाको २७औँ पटक सफल आरोहण गर्नुभएकाे थियाे । २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औँ पटक आरोहण गर्नुभएको थियो ।
कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा हुनुहुन्छ । उहाँ २७ औँ पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । पासाङदावा (पादवा) शेर्पाले हिजाे २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गर्नुभएकाे हाे ।
यसअघि पासाङदावा शेर्पा र कामीरिता शेर्पाकाे सगरमाथा आराेहण बराबरी थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।