बझाङमा बिहान भूकम्प

 जेठ १०, २०८० बुधबार ७:११:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बझाङमा भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा दौलीचौर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 

पश्चिमी क्षेत्रमा केही समय यता लगातारजसो भूकम्प गइरहेको छ । यस अघि अस्ति ८ गते बाजुरामा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

त्यस्तै, बाजुरा नै केन्द्र विन्दु भएर गएको वैशाख २८ गते ४ दशमलव ३, २१ गते ४ दशमलव १, १५ गते ५ दशमलव ९, १४ गते ४ दशमलव ९  र १० गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

पश्चिमी क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।

जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन उहाँको सुझाव छ ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया