अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।
गएको जनवरी २० तारिखमा मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्न पनि कार्यालय धाउन नपर्ने र पैसा पनि कनेक्ट आइपीएस, इसेवाजस्ता माध्यमको प्रयोग गर्न मिल्ने सरकारी व्यवस्था नै छ ।
जसअनुसार मैले पनि श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा कनेक्ट आइपीएसमार्फत १५ सय रुपैयाँ भुक्तानी गरेको थिएँ ।
तर, तिन दिनसम्म पनि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस सिस्टममा रकम जम्मा गरेको भौचर अपडेट भएन । मेरो रकम काटिइसकेको छ तर सिस्टममा पैसा तिरेको नदेखिएपछि मैले वैदेशिक रोजगार कार्यालय ताहचलमा फोन गरेँ ।
त्यहाँको कर्मचारीले आइटी शाखामा फोन ट्रान्सफर गरिदिए । आइटीमा कुरा गर्दा कनेक्ट आइपिएसमार्फत भुक्तानी गरिएको रकमको भौचर फेमिसको साइटमा अपडेट नहुने भएकाले खल्ती या इसेवामार्फत रकम भुक्तानी गर्नुहोस् भन्नुभयो ।
मैले पुनः इसेवाबाट रकम तिरेर मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिएँ । श्रम स्वीकृति प्राप्त भयो । तर मैले यसअघि तिरेको १५ सय रुपैयाँ बाँकी नै थियो ।
मैले कनेक्ट आइपिएसमा फोन गरेर आफ्नो समस्या बताएँ र इमेल गरेँ । कनेक्ट आइपिएस टिमले त्यो इमेल वैदेशिक रोजगार विभागको सूचना अधिकारीलाई फरवार्ड गरिदिए ।
मैले ताहाचल कार्यालयमा कनेक्ट आइपिएसमार्फत तिरेको पैसो कहाँबाट फिर्ता पाउँछु भनी सोध्दा उहाँहरूले यकिन जवाफ दिन सक्नु भएन ।
यताबाट उता, अनि फेरि उताबाट यता फोन ट्रान्सफर गर्ने मात्र काम भयो । मैले वैदेशिक रोजगार विभागमा फोन गरेँ । त्यहाँका महानिर्देशकसँग पनि पैसा फिर्ता कहाँबाट फिर्ता हुन्छ भनेर साधेँ । तर उहाँले पनि यकिन जवाफ दिन सक्नुभएन ।
फेरि पनि आइटी शाखाका प्रमुखको नम्बर दिनुभयो आइटी शाखाका प्रमुखसँग बुझ्दा उहाँलाई पनि थाह रहेनछ र वैदेशिक रोजगार बोर्डमा फोन गर्न भन्नुभयो । मैले बोर्डमा फोन गरेँ । बोर्डका जिम्मेवार व्यक्ति पनि नयाँ नयाँ भएको भन्दै पुराना एक कर्मचारीलाई फोन दिनुभयो । ती पुराना कर्मचारीले मेरो फोन नम्बर मागे र बुझेर खबर गर्छु भने । तर आजका मितिसम्म उहाँको फोन आएको छैन ।
छ महिना बित्यो तर न कसैले इमेलको रेस्पोन्स गर्छन् न यसो गर्नुहोस् भनेर बताइदिन्छन् । यस बिचमा कनेक्ट आइपिएसले फोन गरेर केही रेस्पोन्स आएमा खबर गछौं भनेको छ ।
केही सीप नलागेर गत हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको श्रम कल सेन्टरमा व्हाटस एप मार्फत सबै विवरणसहित मेसेज गरेँ । ११४१ नम्बरमा फोन पनि गरेँ । कल सेन्टरको टिमले फोन गरे र मेरो त्यो १५ सय रुपैयाँ पैसा फिर्ता नहुने बताए ।
त्यसपश्चात् मैले के कति कारणले पैसा फिर्ता नहुने र त्यसो भन्ने कर्मचारीको नाम पाउँ न भनेर सोधेँ । कल सेन्टरका कर्मचारीले थप बुझेर जानकारी गराउँछु भनेर भन्नुभयो । तर आज २ महिना बितिसक्यो फोन आएन ।
त्यसपछि कल सेन्टरको टिमले हामी थप जानकारी लिएर खबर गर्छौ भन्नुभएको पनि आज महिना दिन बित्न लाग्यो । तर फोन आएको छैन ।
यति सानो कुरा किन श्रम सचिवलाई फोन गर्नु भनेर सरकारका सम्बन्धित निकायमा इमेल गरेँ । तर कसैले पनि इमेलको जवाफ दिनुभएन । अन्त्यमा श्रम सचिवलाई बाध्य भएर आफ्नो समस्या राखेँ ।
उहाँले भर्खरै सरुवा भएर ताहाचल कार्यालयको जिम्मेवारी सम्हाल्नुभएकी पार्वती अर्यालको नम्बर दिनुभयो । उहाँलाई दुई पटक फोन गरेँ तर उठेन । व्हाटसएपमा एउटा मेसेज गरेँ तर त्यसको पनि जवाफ केही आएको छैन ।
कुरो १५ सयको हो । यती रकम त हो नि भनेर मनले माया मार्न दिएको छैन । पैसाको भन्दा बढी त सरकारी सिस्टम देख्दा दिक्क लागेको छ ।
श्रमिकले यस्तो सानो समस्याको समाधान खोज्न खै कहाँ कहाँ जानुपर्छ होला ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Buddharaj
May 25, 2023, 8:15 a.m.Connect ips द्वारा तिरिएको ६२५ रुपियाँ मैले पनि फिर्ता पाउनु छ। पहिलो चोटी server error देखिए पछि पुनः तिरेको थिए। त र अकाउन्ट बाट २ पटक नै पैसा काटिएको रहेछ। जब कि पैसा काटिएको भन्ने message पछि एकसाथ प्राप्त भयो। अब भन्नुहोस् त्यो रकम मेरो अकाउन्ट मा किन फिर्ता भयन? किन कि सरकार चोर हो।
Subhadra Shrestha
May 24, 2023, 3:06 p.m.Tyo 1500 ta phone gardaima ra taakita gardaima sakyo hola, ho yaha system ko kura gareko ! yasto kurama sarkari nikayako kahile po dhyan jala ra khai