एन्फा महिला लिगमा आजदेखि प्लेअफ चरणका खेल शुरू हुँदै
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ ।
अहिलेसम्म १५ शय्या रहेकामा थपेर अब आकस्मिक सेवामा ३० शय्या पुर्याएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ ।
एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि सहज बनाउँदै लगेको उहाँले जानकारी दिनुभयो ।
झण्डै ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याउने तयारी रहेको पनि डा. चापागाईँकोे भनाइ छ ।
आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेँलो र हरियो शय्या तथा ठाउँको वर्गीकरण गरिएको छ ।
सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।