यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिस्त नेता सहभागी 'नागरिकता विधेयक र देशको सीमा रेखा' सम्बन्धी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजाे मङ्गलवार अनामनगरमा रहेकाे सामाजिक विकास समाजको हलमा नेता खनाल, नेकपा क्रान्तिकारी (माओवादी) का सीपी गजुरेल र पूर्वगभर्नर डा. दीपेन्द्र क्षेत्री सहभागी कार्यक्रममा हुलदङ्गा र नाराबाजी गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा धादिङकाे सलाङ–४ घर भई काठमाण्डाै बस्ने ३० वर्षीय सन्तोष राजावादी, बाँकेकाे कोहलपुर–१ का २८ वर्षीय सतिश राजावादी, रामेछापकाे सुनपाती–५ का २१ वर्षीय तारा राजावादी, सिन्धुली तिनपाटा–१० का २७ वर्षीय क्षितिज चौलागाई, पाल्पा रामपुर–५ का २० वर्षीय आकाशकुमार भट्ट, बारा निजगड–४ का २८ वर्षीय सुजन राजावादी,२० वर्षीय अर्पण खड्का र २४ वर्षीय निश्चल राजावादी तथा रुपन्देही देवीनगर–१७ का ३१ वर्षीय रितेश केसी छन् ।
उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । कार्यक्रममा सन्तोष राजावादीले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गर्नुका साथै अन्यले सामूहिकरूपमा नाराबाजी गरेका थिए ।
पूर्वप्रधानमन्त्री खनालविरुद्ध याे समूहले आक्रोशित हुँदै नाराबाजी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।