पानी पार्न भन्दै पूजापाठ !

 जेठ २५, २०८० बिहीबार २०:३२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री पाठ गराइएकाे हाे ।

घोराही उपमहानगरपालिका–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही, ब्राह्मण समाज दाङ, पतञ्जली योग समितिको संयुक्त आयोजनामा पूजा पाठ गरिएको हो । कार्यक्रमका लागि भरतमणि पाण्डे र विष्णुप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा घोराही–१४ काे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा ज्येष्ठ नागरिक जयदेव भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा घोराही–१८ का वडाध्यक्ष भरतमणि अर्याल, १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे, १५ का वडा सदस्यहरू माधव श्रेष्ठ, उत्तम बुढाथोकी, पतञ्जली योग समितिका शारदा पोख्रेल, ब्राह्मण समाजका इन्जिनियर ऋषिराम शर्मालगायतकाे सहभागिता रहेकाे थियाे ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Nirusha paudel

    June 10, 2023, 10:58 p.m.

    अनि के भयो त आफ्नो आफ्नो बिश्वास को कुरा हो तिम्रा हेडलाइन अनुसार त हामी मन्दिर नि नजानु जस्तो बुजियो त मन्दिरमा पनि भगवान प्रकट हुने हैनन त तर पनि गइन्छ पुजा गरिन्छ कि तिमरु बाइबलका झोले हौ😡😡😡बिकाउ पत्रकारसँग हरु 👎️👎️

  •  0 Reply
  • अमर सुनार

    June 8, 2023, 8:58 p.m.

    अन्धविश्वासकाे पराकाष्टा !

  •  0 Reply

तपाईको प्रतिक्रिया