च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै - सुदूरपश्चिम प्रदेशमा आम हडतालकाे सामान्य प्रभाव परेको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । प्रहरीले आठ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
बिहान प्रदेश संसद् भवन बाहिर ढुङ्गा हान्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्रेको हो । आम हडतालका कारण लामो दूरीका गाडी चलेका छैनन् । यस्तै, छोटो दूरीका गाडी पनि फाट्टफुट्ट मात्रै चलेका छन् । कैलालीमा आम हडतालको असर धेरै परेको छ ।
कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् । पहाडी जिल्लामा भने आमहडतालको असर कम परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले उज्यालोलाई जानकारी दिनुभयो ।
तस्बिर : भरत विष्ट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।