खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार ३५ दशमलव ३७ अङ्कले घटेको छ । हिजो मङ्गलवार झन्डै ५७ अङ्कले बढेको नेप्से आज घटेर दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।
आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर छ अर्ब रुपैयाँ नजिक पुगेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो ।
आज इन्ग्वा हाइड्राेपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज हिमालयन लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किक लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।