आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, १५ महिना कैद र नौ करोड ३३ लाख रुपैयाँ जरिबाना

 असार १५, २०८० शुक्रबार १६:५८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

आज शुक्रवार विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गरेको हो । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको पुष्टिसँगै खड्कालाई १५ महिना कैद र नौ करोड ३३ लाख २५ हजार तीन सय १४ रुपैयाँ जरिबानाको फैसला भएको विशष अदालतका प्रवक्ता दिपेन्द्र योगीले जानकारी दिनुभयो ।

साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुई वटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

खड्काले गैरकानुनीरूपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०६९ चैत २ गतेदेखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ खर्च तथा लगानी गरेकाेमा आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको थियो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Lokendra Shrestha

    July 20, 2023, 6:58 p.m.

    देश को भ्रष्टचार गरेको हैन यो । यो नेपाल अधिराज्य भरिका प्रतेक जनता माथि गरिएको माहाधोका हो । बिश्वास घात हो । सोझा सिदा नेपाली ले खुन पसिना तिरेको करको खुन चुसेको हो यस्ता लाई राछस भनङदा फरक पर्दैन । यस्ता सिदै गोलि हानेर मारिदिदा हुन्छ ।

  •  0 Reply
  • Akil

    June 30, 2023, 9:52 p.m.

    Yesto dhamira le ho des dubako yai ho amako ragat chusne Sajaya bhayena

  •  0 Reply
  • subas rai

    June 30, 2023, 7:20 p.m.

    धेरै राम्रो काम

  •  0 Reply

तपाईको प्रतिक्रिया