च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणघाट सडकखण्ड खुलाउनको लागि काम भैरहेको छ । तर पानी परिरहेको र माथिबाट ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक बिहान फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई 'लाइफलाइन' पनि भन्ने गरिन्छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।