विश्वकप छनोट सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दै

 असार १६, २०८० शनिबार ८:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा आज वेस्टइन्डिज र स्कटल्याण्ड खेल्दैछन् । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।

वेस्टइन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । तर वेस्टइन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नपुग्ने उच्च सम्भावना छ । समूह चरणको अन्तिम खेलमा वेस्टइन्डिज सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित भएपछि विश्वकप यात्रा निकै कठिन बनेको हो ।

वेस्टइन्डिजले समूह चरणमा नेपाल र अमेरिकालाई हराएको थियो भने जिम्बावे र नेदरल्यान्ड्ससँग पराजित भएको हो । वेस्टइन्डिजले हराएका दुबै टोली नेपाल र अमेरिका सुपर सिक्समा पुग्न नसकेपछि वेस्टइन्डिजलाई पनि विश्वकपमा पुग्न कठिन भएको हो । सन् १९७५ देखि सुरु भएको विश्वकपमा वेस्टइन्डिजले सुरुवाती दुई संस्करण जितेको थियो । वेस्टइन्डिजले सन् २०१२ र २०१६ मा टि–२० विश्वकपको उपाधि जितेको थियो ।

हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका विश्वकप नजिक पुगेको छ । सुपर सिक्समा श्रीलंका र जिम्बावे समान ३ खेलमा ६ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । जिम्बावे नेट रनरेटको कारण दोस्रो स्थानमा छ । आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा श्रीलंका र जिम्बावे छनोट हुने उच्च सम्भावना छ ।  

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया