झापाकाे मेचीनगरमा चिया बगानका रुखमा लगाइएका पहेँला स्टिकर हटाइने

 असार १६, २०८० शनिबार १८:३८:४४ | रासस
unn.prixa.net

झापा - मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर) लाई हटाउने भएको छ ।

स्टिकरमा मौरीलगायतका मित्रुजीव टासिने भएकाले नीति नै बनाएर निरुत्साहित गर्न लागिएकाे नगरपालिकाले जनाएकाे हाे । नगरपालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै याे कुरा उल्लेख गरेको छ ।

नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जनभन्दा बढी चिया बगान छन् । चियालाई किराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ । जसका कारण मित्रुजीव नै नष्ट हुने थालेपछि पालिकाले बाध्य भएर स्टिकर नै हटाउने नीति नै अवलम्बन गर्ने भएको हो ।

मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले पहेँलो स्टिकरले अन्य जीवमा पर्ने असरको बारेमा अध्ययन नै नगरि बगान मालिकले जथाभाबी प्रयोग गरेको बताउनुभयो । 'पछिल्लो समय नगरमा तोरी खेती र मौरीपालनमा किसानको आकर्षण बढेको छ', उहाँले भन्नुभयो, 'तर बगान क्षेत्रमा चर्न आउने मौरीजस्ता मित्रुजीव त्यही स्टिकरमा टाँसिएर मर्छ ।'

उहाँले नगर क्षेत्रभित्रका चिया किसानसँग तत्काल छलफल गरेर स्टिकर हटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया