नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - बिगमार्टमा सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट पाइने भएकाे छ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यकासाथ बिग मार्टको चौधौँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर र बिग मार्टबीच यस्ताे सम्झाैता भएकाे हाे ।
छुट अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत अधिकतम अर्थात् १ सय ५० रुपैयाँसम्म अतिरिक्त छुट पाउने भएका छन् । आजदेखि शुरु भएकाे याे याेजना साउन १५ गतेसम्म रहने भएकाे छ । याे छुट अवधिभर हरेक ग्राहकले ५ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।
यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एसिया मो बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एपमार्फत् पनि भुक्तानी गर्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।