च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - जिल्ला अदालत, ललितपुरका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा हुनुभएको छ । अघिल्लो हप्ता बुधवार नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता लामिछानेबीच अदालतभित्रै झगडा भएको थियो ।
अधिवक्ता लामिछानेले आफैँ कागजात पल्टाइ हेर्न थालेको र आफूले मिसिल नहेर्नुस् भन्दा गालीगलौज गर्दै हातपात गरेको तामाङको दाबी छ । लामिछानेले भने मुद्दामा भएको आदेश हेर्न खोज्दा तामाङले घुस मागेको र घुस दिन नमान्दा जथाभाबी बोलेर हातपात गर्न थालेको दाबी गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै परेपछि बिहीवार प्रहरीले अधिवक्ता लामिछानेलाई पक्राउ गरेको थियो । अधिवक्ता लामिछानेलाई कारबाहीको माग गर्दै अदालतका कर्मचारी ट्रेड युनियनले हिजो दिउँसो १ बजेसम्म काम रोकेका थिए । कानुन व्यवसायीहरुले पनि त्यसको प्रतिवादमा बहस गरेका थिएनन् । विवाद बार र बेञ्च तहसम्म पुगेपछि प्रशासनले लामिछानेलाई हिजो रिहा गरेको हो ।
तस्बिर : सामाजिक सञ्जाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।