देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड

 असार १८, २०८० सोमबार ११:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताउनु भएको छ । 

आज स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्तीको अवसरमा काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले राम्रो विचार र एजेण्डासहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासकासाथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताउनु भएको हो । तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने दाबी समेत गर्नुभयो।

नेपाली नागरिकको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएकाले यसलाई रोक्न जरुरी रहेको बताउनु भएको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • दुर्गेश SAPKOTA

    July 4, 2023, 9 p.m.

    xadna tayar pani bhanne ani testo yogya kai xainanpani bhanne

  •  0 Reply
  • mani wasti

    July 3, 2023, 12:17 p.m.

    जसरी भए पनि भ्रष्टाचार गर्ने देखि बहेक अरु के काम छ र पुराना भनाउदा दलहरुको पनि ?? ८४ मा लखेटेर कहाँ पुर्याउने हुन पुराना दललाई त्यो भन्दा अहिले नै छोडेर मोदिको नोकर बस्न गए राम्रो

  •  0 Reply

तपाईको प्रतिक्रिया