च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुर अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अदालतकाे कामकाज प्रभावित भएको छ ।
गएकाे असार १३ गते ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेका थिए । हातपात गर्ने अधिवक्ता लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ । अधिवक्ता लामिछानेलाई हिजो आइतवार पक्राउ गरेकोमा साधारण तारेखमा छाडिएको छ ।
लामिछानेको पक्राउ र मुद्दा चलाउने प्रक्रियाका विरुद्ध नेपाल बार एसाेसिएशनको आह्वानमा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । नासु प्रेमिकाले आदेश हेर्न घुस मागेको भन्दै कानुन व्यवसायीहरूले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगरि आन्दोलन गरिरहेका छन् ।
विरोध प्रदर्शनमा कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएकाे भन्दै मुद्दा अविलम्ब खारेज हुनुपर्ने माग राख्नुभयो । उहाँले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने बताउनुभयो ।
अर्का कानुन व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानुन व्यवसायीहरूमाथि लागेको मुद्दा रहेको टिप्पणी गर्नुभयाे ।
कानुन व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानुन व्यवसायी र कर्मचारीबीचको झगडा नभई संस्थागतरूपमा कानुन व्यवसायीहरूलाई बदनाम गर्नका लागि साङ्गठनिकरूपमा लागेको देखिएको दाबी गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।