ओमानलाई हराएसँगै नेदरल्यान्ड्सको विश्वकप सम्भावना कायमै

 असार १९, २०८० मंगलबार ६:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेदरल्यान्ड्सले आईसीसी विश्वकप छनोटको सुपर सिक्समा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले पराजित गरेको छ । यो जितसँगै नेदरल्यान्ड्सले आउँदो अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

जितका लागि ३ सय ६३ रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभरमा ६ विकेट गुमाएर २४६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि हरारे स्पोर्ट्रस क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ४८ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ६२ रन बनाएको थियो ।

नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारकासाथ ४ अङ्ककासाथ चौथो स्थानमा छ । नेदरल्यान्ड्सले अन्तिम खेल पर्सि बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । यो खेलमा नेदरल्यान्ड्स विजयी भएमा ६ अङ्क हुनेछ । तर ६ अङ्क भने विश्वकप खेल्न पर्याप्त हुनेछैन ।

आज स्कटल्यान्डले जिम्बावेसँग खेल्दैछ ।

यो खेलमा जिम्बावे पराजित भएमा र अन्तिम खेलमा नेदरल्यान्ड्स विजयी भए तीन वटा टोलीको समान ६ अङ्क हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहँदै नेदरल्यान्ड्सले विश्वकप खेल्न सक्छ । श्रीलङ्का ४ खेलमा ८ अङ्कका साथ विश्वकपमा पुगिसकेको छ ।

आजको खेलमा स्कटल्यान्डलाई हराए जिम्बावे विश्वकपमा पुग्नेछ । ओमान र वेस्टइन्डिज विश्वकपबाट बाहिरिसकेका छन् । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया