देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा बाढीकाे जाेखिम

 असार १९, २०८० मंगलबार ७:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।  यसले गर्दा यी क्षेत्र भएर बग्ने खहरे खोलामा आकस्मिक बाढीको जोखिम छ । साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास ठूलो पानी परेको हो । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जोखिम हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज पनि गण्डकी र लुम्बिनीसहित कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही ठाउँमा र राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार तराईका जिल्लामा आज हावाहुरीको समेत सम्भावना छ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया