च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो ।
पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुलमी , अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिइएको छ ।
बिहानैदेखि देशका धेरै ठाउँमा झरी परिरहेको छ । यसले गर्दा बाढी पहिरोको जोखिम बढेको छ ।
असार १९
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 4, 2023
आज #तिनाउ नदीको सतह खतरा तह भन्दा माथिनै रहने,देशका अन्य नदीहरुको बहाव बढ्ने तर सतर्कता भन्दा तलै रहने,आज #रुपन्देही,#कपिलवस्तु,#पाल्पा, #नवलपरासी (ब.सु.प) भई बहने केही साना नदीमा #आकस्मिकबाढी को पूर्वानुमान, स-साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ @NDRRMA_Nepal pic.twitter.com/LXC5jXPOem
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।